aankha-sibirश्रीधर गौतम / तुलसीपुर १२ मंसिर । तुलसीपुर १४ मा निःशुल्क आँखा शिबिर भएको छ । जेष्ठ नागरिक सेवा समिति तुलसीपुर १४ को आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुरको सहयोग एबं तुलसीपुर नगरपालिकाको आर्थिक सहयोगमा शिबिर सञ्चालन गरिएको हो । माबि बनगाउमा भएको शिबिरबाट झण्डै दुई सय जनाले निःशुल्क आँखा परिक्षण गराएका छन् । ती मध्य ५० जनाको मोतिया बिन्दुको अपरेशन गर्नुपर्ने देखिएको छ ।

उनीहरुलाई राप्ती आँखा अस्पताल रक्षाचौरले आईतबार निःशुल्क यातायात सेवा दिनुका साथै पाँचसयमै उपचार गरिदिने जनाएको छ । शिबिरमा राप्ती आँखा अस्पतालको प्राबिधिक टोली नेत्र साहयक रमेश बहादुर गिरी , बाह्य कार्यक्रम साहयक संयोजक बिष्णु खनाल , आँखा स्वास्थ्य साहयक मिना मल्ल, पार्बती पौडेल र मान बहादुर ओलीलगायतको टोलीले आँखा परिक्षण गरेको हो । शिबिरका लागि तुलसीपुर नगरपालिकाले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

जाँचका क्रममा सबैभन्दा बढि मोतियाबिन्दुका बिरामीहरु देखिएको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम साहयक बिष्णु खनालले जानकारी दिए । उनका अनुसार तुलसीपुर १४ का नागरिकहरुलाई स्थानियस्तरबाटै सहज सेवा प्रदान गर्न त्यहाँ आँखा शिबिर सञ्चालन गरिएको हो । त्यस्तै शिबिरका क्रममा आँखा पाक्ने भाईरल ईन्फेक्सन, आँखामा मासु पलाएको जस्ता रोगहरु देखा परेका थिए ।

कार्यक्रममा तुलसीपुर १४ का सबैभन्दा बढि उमेरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सोही ठाउँका टेक बहादुर ओली र महिला रेवता लामिछानेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा निःशुल्क औषधी तथा बृद्धाहरुलाई फलफुल समेत बितरण गरिएको थियो ।

जेष्ठ नागरिक सेवा समिति तुलसीपुर १४ का अध्यक्ष तिलकराम गौतमको अध्यक्षता तथा जेष्ठ नागरिक सेवा समिति तुलसीपुरका अध्यक्ष ललित बहादुर वलीको प्रमुख आतिथ्यता एबं नेपाल नेत्रज्योती संघ दाङका सदस्य धुब्र गौतमको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर १२, १३, १४ का सामाजिक परिचालक शोभा गौतम , तुलसीपुर नगरपालिका १४ का वडा नागरिक मञ्च उपसंयोजक जीवन कुमार गौतम, जेष्ठनागरिक सेवा समिति तुलसीपुर १४ का सचिब मेगराज न्यौपाने, वडा नागरिक मञ्च तुलसीपुर १४ का सदस्य धर्मराज देवकोटालगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

तुलसीपुर नगरपालिका जेष्ठ नागरिक सेवा समितिका उपाध्यक्ष गाबरधन गौतमको स्वागत मन्तब्यबाट भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी श्रीधर गौतमले गरेका थिए ।