दिपक शर्मा

सल्यान–यहाँस्थित छायाक्षेत्रमा एकैघरका ३ सहित ४ जनाको हत्या गरेको अभियोग लागेका सञ्जय भारतीलाई जिल्ला अदालत सल्यानले सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।

छायाक्षेत्र ९ राना गाउँका भारतिले बैशाख १४ गते राति छायाक्षेत्र ९ रानागाउँ स्थित २३ बर्षिय सीता खान ठकुरी, उनकै छोरीहरु ३ बर्षिय पबित्रा खान, १ बर्षिय सबिता खान र सिता खानकै बहिनी सल्यान मधाना निबासी १८ बर्षिय गिता गिरीको बस्तुभाउ बाँध्ने किलाले बिभत्स हत्या गरेका गरेको आरोप लागेको थियो ।

शुक्रबार जिल्ला न्यायाधिस माधबेन्द्रराज रेग्मीको इजलासले भारतीलाई सर्बस्वसहित जन्म कैदको फैसला सुनाएको हो । राणागाउ हत्याकाण्डका हत्या आरोपी भारतीमाथी जिल्ला सरकारी वकिल कार्यालय मार्फत कर्तब्य ज्यान तथा जबरजस्ती करणीको मुद्दा दायर गरिएको थियो ।

घटनाको भएको २४ घण्टा नवित्दै प्रहरीले भारतीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटनाको अनुसन्धानका लागि मध्यपश्चिम क्षेत्रिय प्रहरी कुकुर शाखा कोहलपुरबाट ल्याइएको भुन्टि नामक कुकुरले सञ्जयलाई पक्रन सहयोग गरेको थियो । निज भारतीले अत्याधिक मदिरा सेवन गरी बलत्कार गर्ने सोचका साथ मृत्तकको घरमा पुगेर हत्या गरेको बयानमा उल्लेख छ ।

राटोपाटीबाट