काठमाडौं , ११ मंसिर । संविधान संशोधन प्रस्ताव दर्ता र त्यसलाई पास गराउन संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा लागेका सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले राप्रपालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको ‘अफर’ गरेका छन् । पार्टी एकतापछि प्रतिपक्षमा रहेको तत्कालिन राप्रपा नेपाल स्वतः सत्तापक्ष बनेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्शपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेर राप्रपा अध्यक्ष कमल थापालाई ‘पुरानै हैसियत’ मा सरकारमा आउन आग्रह गरेका छन् । यद्यपी यसवारे राप्रपाले ठोस निर्णय केही गरेको छैन । अनौपचारिक रुपमा आएको प्रस्तावमाथि राप्रपाभित्र अनौपचारिक छलफल चाहिँ सुरु भएको एक नेताले रातोपाटीलाई बताए ।
