काठमाडौं, १० मंसिर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको वेला हाडनाता करणी मुद्दामा कैद तोकि फरार अभियुक्त २४ बर्षपछि पक्राउ परेका छन् ।

balatkar2ललितपुर गोदाबरी नगरपालिका–८ बस्ने नुवाकोट कल्याणपुर गाबिस–१ का ४१ वर्षीय रेवकुमार खातीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर बडीखेलबाट बिहिबार पक्राउ गरेको हो ।

२०५० असार १ गते एक महिलाको स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको फेला परेको र उक्त गर्भ प्रतिबादी खातिको हाडनाता करणीको कारणले हुन गएको भन्ने ठहर भएको थियो । ठहर भएसंगै नुवाकोट जिल्ला अदालतको फैसलाले २०५१ बैशाख ५ गते उनलाई ३ बर्ष कैद हुने सजाय तोकेको थियोे ।

पक्राउ परेका खातीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।