निरला अर्याल गैरे 

तुलसीपुर,२ मंसीर । तुलसीपुर तुलसीपुरका बालश्रमीकहरुलाइ राप्ती अंचल सार्बजनीक यातायावस व्यावसायी समितिले शेैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ । यनिसेफ नेपाल र तुलसीपुर नगरपालिकको अािर्थक सहयोगमा दलित गैर सरकारी संस्थाको आयोजनामा कक्षा संचालन भइरेको छ । बालश्रमिकहरुका लागी शिक्षामा पहुंच पुराउने उद्धेश्यले स्टेशनरीमा सहयोग गर्ने राप्ती सार्वजनिक वस व्यवसाय समितीका अध्यक्ष शुरेश हमालले बताउनुभयो ।

15151101_1090500401070379_670835915_nयातायातको क्षेत्रमा संलग्न भएका बालबालिकालाइ तत्काल अभिभावका र आफन्त लाइ खबर गर्ने गरेको समितीका कोपाध्क्ष प्रितमा कुमार श्रेष्ठले बताउनुभयो । अझैपनि त्यस्ता संलग्न बालबालिका भेटिएमा तुरुन्त खबर गर्न सरोकारवाल लाइ आग्रह गर्नुभएको छ । यस्तै समितीका कानुनी सल्लाहाकार प्रविन लम्सालले दृष्टिविहिनलाइ पुरै छुट, अपाङ अशक्तलाइ पचास प्रतिशत छुट ,विद्यार्थी र ज्येष्ठ नागरिकलाइ पैतालिस प्रतिशत छुट दिने गरेको बताउनुभयो । यस्तै बालश्रमीकहरुको परिचय खुल्ने परिचय पत्र भयो भने निशुल्क यातायात सेवा दिने पनि लम्सालले बताउनुभयो ।

तुलसीपुर नगरपालिकाको केही वडा्हरु जहां लक्षित वर्ग रहेका छन उक्त स्थानमा कक्षा संचालन गरिएको तुलसीपुर नगरपालिकाका बालमैत्री स्थानीय शाशनका फोकल पर्सन टोप बहादुर डांगीले बताउनुभयो । बालश्रमीकहरले सेवाप्रदायिक संस्थाहरु बाट बालबालिकाको क्षेत्रमा भए गरेका क्रियाकलाप र पाउने सुविधाबारे जानकारी लिन राप्ती सार्वजनिक वस व्यवसायी समितिमा ल्याइएको बालअधिकारकर्मी विमला शर्माले जानकारी दिनुयभयो ।

तुलसीपुर नगरपालीकामा हाल १२ वटा कक्षा संचालन भइरहेका छ उक्त कक्षाबाट यस वर्ष ४७ जना बालश्रमीकहरु विद्यालय भर्ना गरेको र बाकी बालबालिकालाइ लागत परीक्षा लिइ भर्ना गर्ने सहजकर्ता जानुका पौडेललले जानकारी दिनुभयो । तुलसीपुर नगरपालिककालाइ २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न को लागी यो अभियान संचान गर्न लागेको दलित गैर सरकारी संस्थाका कार्यक्रम संयोजक राजेन्द्र विक ले बताउनुभयो ।