भक्तपुर, २८ कात्तिक । पैदल हिँड्नेलाई कुकुरले टोक्दा आज बिहानै ३४ जना घाइते भएका छन् । सुडालबाट आएको एउटा कुकुरले सुडाल, कमलविनायक, च्यामासिंहमा पैदल यात्रुलाई टोकेको नगरकोट नगरपालिका सुडालका जीवन गिरीले जानकारी दिए।

dog2जीवन पनि कुकुरको टोकाइबाट घाइते भएका छन् । उनले भने, ‘दौडदै आएको ककुरले बाटोमा भेटे जतिलाई टोक्दै गयो, मलाई पनि दुईपटक टोक्यो, कुकुरको टोकाइबाट आइतबार बिहान सुडाल, कमलविनायक, च्यामासिंहका केही क्षेत्रमा तनाव बनायो ।’

कुकुरको टोकाइबाट घाइते भएकोको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार गराएका छन् ।