सर्लाही, १५ कार्तिक । सर्लाहीमा दीपावली गर्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । पर्सा गाविसका १७ वर्षका अवदेश कुमार रायलाई आइतबार बेलुका घरमा दीपावली गर्ने क्रममा करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि मलंगवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
यस्तै आइतबार बेलुका दीपावली गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
