काठमाडौ ८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिरहेको जासुसी संयन्त्र हटाएको छ । उक्त संयन्त्रबाट प्रमुख आयुक्त कार्कीले आफ्ना आलोचकको निगरानी गर्दै आएका थिए ।

ciaa1अहिले त्यो संयन्त्रलाई निष्क्रिय बनाइएको छ । अख्तियार स्रोतले भन्यो, ‘आम मानिसमा त्रास सिर्जना गरेको र नकारात्मक सन्देश गएकाले संयन्त्र हटाउनुपरेको हो ।’

स्रोतका अनुसार कार्यवाहक प्रमुख बस्न्यातले आयोगका कामकारबाहीबारे अन्यत्र सूचना प्रवाह नगर्न कर्मचारीलाई सचेत गराएका थिए । अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा पनि आयोगको अनुसन्धान प्रक्रिया र तिनको गोपनीयताको सवालमा जिम्मेवार रहन कर्मचारीहरूलाई आग्रह गरिएको छ ।

कार्यवाहक प्रमुख दीप बस्न्यातले निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई ब्रिफिङ नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।