काठमाडौं, ७ कार्तिक ।  निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता गरिएको महाअभियोगको प्रस्ताव संसदबाट पारित गराउन दवाव आएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे जनमत बुझेर मात्रै काग्रेसले निर्णय लिइने बताएका छन्।

04102016082338sherbahadur-1000x0महाअभियोग तत्काल पारित गर्न दबाब दिन बूढानिलकण्ठस्थित देउवा निवासमा पुगेको नेविसंघसहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले कांग्रेसले जनमतविरुद्ध गएर कुनै निर्णय नगर्ने बताए । ‘कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे केन्द्रीय समितिमा छलफल भइरहेको छ। हामी जनताको आकंक्षा अनुसारको निर्णय गर्छौं’, उनले भने ।

केन्द्रीय समिति बैठक जारी रहेको र छिट्टै संसदीय दलको बैठक पनि राखेर कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेसले संस्थागत निर्णय लिने सभापति देउवाले जानकारी दिए। देउवाले भने,‘यसबारे मेरो व्यक्तिगत कुरा केही छैन। हामी जनमतविरुद्ध निर्णय गर्दैनौं, ढुक्क भए हुन्छ।’