काठमाडौं  ३० असोज । सरकारले नेपाल क्रिकेट संघको नयाँ विधान बनाउन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हालै गठन गरेको सल्लाहकार समितिको कार्यदेश अस्वीकार्य भएको बताएको छ ।
p-s
युवा तथा खेलकुद मन्त्रालयले आईसीसीसमक्ष आफ्नो असहमति राखेको छ । मन्त्रालयले यसलाई ‘आईसीसीले निर्देश गर्ने’ खालको कार्यविधि भनेको छ र, संशोधन नगरेसम्म सल्लाहकार समितिले काम गर्न नसक्ने समेत बताएको छ । तर, यसबारे आईसीसीले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

सल्लाकार समितिका सदस्य एवं खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले अनलाइनखबरसँग भने, हामीले आफ्नो असहमतिहरु आईसीसीसमक्ष राखेका छौं । यसमा जवाफ आएको छैन ।’