पूर्वराजा ज्ञानेन्द्रले शुक्रबार साँझ दशैंको शुभकामना सन्देश जारी गरेका छन् । आफुले जनतालाई सत्ता हस्तान्तरण गरे यता देशले परिपक्व परराष्ट्र नीति तर्जुमा गर्न नसकेको तथा जनताका आवश्यकता पूरा गर्नलाई बर्तमान सत्ताका हिमायतीहरू सफल नभएको गुनासो शुभकामना सन्देशमा जारि गरेका छन् ।
साथै शक्ति सन्तुलनका आधारमा अघि बढ्नुपर्नेमा बर्तमान अबस्थामा त्यसो हुन नसकेको प्रति ज्ञानेन्द्रले चिन्ता व्यक्त गरेका छन् । साथै शुभकामना संदेश जारि गर्दै पूर्वराजा ज्ञानेन्द्रले बर्तमान सरकारलाई निम्न प्रश्न समेत सोधेकाछन ।
पूर्वराजा ज्ञानेन्द्रले उठाएका ७ प्रश्नहरु यस्ता छन्ः
१. बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
२. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
३. भ्रष्ट्राचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गर जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
५. परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?
७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के-के गरिए ?
