कुशुम वि.क/ बर्दिया
दशै तिहार सुरु भसैकेपछि जुवा खेल्ने र खेलाउन गिरोहको खोजतलासमा बर्दिया प्रहरी सक्रिय भएर लागेको छ । सदरमुकाम गुलरियामा जुवा खेल्दै गरेको अवस्थामा एघार जना जुवाडे पक्राउ परेका छन खालमा राखेको १ लाख २९ हजार ५० रुपैया , १२ गडडि तास र ९ वटा मोटरसाइकिल नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेकाहरु केहि व्यापारी र शिक्षक रहेका छन भने एक जना भारतिय नागरिक रहेको प्रहरीले बताएको छ ।

Juwade-300x210बर्दियाको गुुलरिया नगरपालिका वार्ड न ३ स्थित भन्सारगाउ दरोगा बन्जाराले आफनो घरमा हारजित हुने गरी जुवा खेलाइरहेको सुचना पाएपछि प्रहरीले छापा मारेको हो ।

पक्राउ पर्नेहरुमा गुुलरिया नगरपालीका वार्ड न ८ का २८ वर्षिय राजु मिश्र , सोहि स्थानका ४३ वर्षिय नरेश केसि , गुलरिया नगरपालिका वार्ड न ३ का २८ वर्षिय अर्जुन यादव, सानो श्री ताराताल नगरपालिका वार्ड न २ का २७ वर्षिय याम प्रसाद शर्मा , सोहि स्थानका यामबहादुर महतारा , २० वर्षिय गोविन्द गुरुङ्ग , वार्ड न १ का ४५ वर्षिय पदम शाहि , वार्ड न ४ का ५८ वर्षिय नरबहादुर कसेरा ,वार्ड न ८ ५६ वर्षिय बिरबहादुर मगर , वार्ड न ७ का ३२ वर्षिय राजेन्द्र हमाल र भारत खिरी लखिमपुर जिल्ला ठाना टिकुनिया वरावरसोरका २० वर्षिय मोहमदउमार कुरेसी जुवा खेलीरहेको र जुवाको खालमा सो रकम सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।