
‘हाम्रा बा लाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे’– यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो । फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज । हेलिकोप्टरको नाम ‘भटभटे’ र हवाईजहाजको नाम शायद त्यही नै थियो । त्यतिबेलाको समयमा ‘प्लेन’ भन्ने अंग्रेजी शव्द हाम्रो बालमस्तिष्कमा पसेकै थिएन होला । हावाको वेगसँगै हाम्रो भूगोलको क्षितिजभित्र प्रवेश गरेदेखि क्षितिज पार नगरेसम्म हवाईजहाजको आवाज र आकृति पछ्याउँदै त्यसैको पछिपछि दगुरिन्थ्यो यस्तै भन्दै ।
हाम्रा बा, बाजे, गाउँलेहरु, आफन्तजनहरु रोटीको खोजीमा मुग्लान पस्ने चलन पुरानै हो । मेरो जन्मभूमि रोल्पामा त झन यो चलन बाक्लै छ । राप्तीमा धेरै पानी बगिसक्यो समयक्रममा । परिस्थितिमा धेरै छलाङ मारिसक्यो समयले । तैपनि रोजीरोटी खोज्ने हाम्रो पुरानो चलन आज झन नयाँ आवरणमा परिस्कृत हुँदै नयाँ नयाँ आयाम र आकारमा प्रकट भइरहेछ । मुग्लान पस्ने बाउबाजेका छोराछोरी र नाति÷नातिनाहरु अर्थात् युवापुस्ताले यतिबेला आफूलाई वैदेशिक रोजगारको नाममा सिंगापुर, इजरायल, कोरिया, जापान, हङकङ, साइप्रस, मलेशिया, साउदी अरेविया, कतार लगायतका मुलुकहरुमा पु¥याइरहेका छन् । हामी केटाकेटी छँदा हाम्रा बाउबाजेहरु भारतबाहेकका मुलुकमा सीमित संख्यामा मात्रै जान्थे होलान् । मूलतः भारत जाने चलन थियो त्यो बेला । हामी केटाकेटीलाई लाग्थ्यो– आकाशमा चारैतिर घुम्ने यो जन्तुलाई पक्कै पनि हाम्रा विदेशिएका आफन्तहरुको बारेमा जानकारी होला । उहाँहरुको नालीबेली थाहा होला । किनभने ऊ चारैतिर घुम्ने गर्छ । त्यही मान्यता भएकैले उसलाई हाम्रो आग्रह हुन्थ्यो– हाम्रा बालाई पठाई दे, हाम्रा मामालाई पठाई दे, हाम्रा मामालाई पठाई दे आदिइत्यादि ।
त्यो बेला र यो बेलामा केही भिन्नता पक्कै छ । विचार, भावना, शिक्षा, स्वास्थ्य सबै दृष्टिले हाम्रो मुलुकले एकप्रकारको फड्को मारिरहेको छ भन्दा अत्युक्ति नहोला । तैपनि हाम्रो त्यो उमेरका केटाकेटीहरु आज रोल्पामा के गर्दै होलान् रु जीवनशैलीमा केही परिवर्तन आएको देखिए तापनि उतिबेलाका हामीहरुको छायाँ आजका केटाकेटीहरुमा नहोला भन्न सकिदैन । हाम्रो पदचिन्हमा हिंडिरहेका केटाकेटीहरु कति होलान् रु प्रश्न अनुत्तरित छ । सिँगान पुछ्दै फाटेको जाङे हल्लाएर हवाईजहाजको पछि दगुर्ने आजका ‘हामी’हरुको संख्या ठूलै छ जसले नजिकबाट हवाईजहाज देख्नै पाएका छैनन् । चढ्ने र उड्नेको कुरा त धेरै परको भयो ।
द्वन्द्वका सकारात्मक र नकारात्मक दुबै असर हुने गर्छन् । २०५२ सालमा माओवादीले सशस्त्र युद्धको घोषणा गरेपछि केही सकारात्मक उपलव्धि र पाटाहरु पक्कै जन्मिएका छन् । यही द्वन्द्वकै सेरोफेरोमा हाम्रो पत्रकारितामा थपिएको छ– शान्ति पत्रकारिता । द्वन्द्वका कारणहरु उधिन्दै सत्यतथ्य समाचार सम्प्रेषण गरी द्वन्द्वलाई रुपान्तरण गर्ने वा शान्ति स्थापनामा सहयोग पु¥याउने यो पत्रकारिताको मुख्य उद्देश्य हो । यही सिलसिलामा हिमाल एशोसियसन र खोज पत्रकारिता केन्द्रले २०६० चैत २३ देखि २७ गतेसम्म ‘खोजी तथा शान्ति पत्रकारिता तालिम’को आयोजना गरेको थियो काठमाडौंमा । पत्रकारिता क्षेत्रको नोबेल पुरस्कारको रुपमा चिनिएिको ‘म्यागेसेसे पुरस्कार’ प्राप्त फिलिपिन्सकी शीला कोरोनेल तालिमको प्रशिक्षक हुनुहुन्थ्यो । द्वन्द्वका कारण नेपाल भित्रिएको ‘शान्ति पत्रकारिता’को तालिमका लागि सहभागी हुन माथिको परिस्थिति झेलिरहेका हामीलाई आफै हवाईजहाज चढ्ने सौभाग्य जुर्नु भनेको खुशीकै कुरा थियो । यस्तो सौभाग्य जुराइदिने खोज पत्रकारिता केन्द्रलाई धन्यवाद नदिइरहन सकिन्न ।
शुरुमा उल्लिखित समय, मिति र स्थानमा मेरा लागि सबै नयाँ थिए, सबै अचम्मका । अलि अघि नै बाहिर गेटमा झोला खोलियो । क्यामेराको ब्याट्री निकालियो । त्यो पनि मेरा लागि अचम्मकै थियो । साथी रुद्र खड्का, सुरेन्द्र काफ्ले र कृष्णराज सर्वहारीहरुलाई दुःख दिएर ‘सीता एयर’को टिकट काट्न लगाएको थिएँ । सीता एयर नेपालगञ्जको आकाशमै देखिएन । हतार–हतारमा ‘बुद्ध एयर’को टिकट लिएर तयार भइयो । यात्रामा धेरै सहयात्रीहरु भेटिन्छन्, नेपालगञ्जको विमानस्थलमा भेटिनुभयो– साफ नेपालकी पार्वती श्रेष्ठ । पहिलोपटक हवाईजहाज चढ्ने रोमाञ्चक अनुभूतिका साथ प्रतीक्षालयबाट जाँचपास गरी विमान नजिक पुगियो । विमान प्रवेशअघि एउटी सुन्दरीले मुस्कान दिँदै नमस्कार गरिन् । ‘कहाँ चिनेकी रहिछन् यिनले रु’ मनमा प्रश्न उब्जियो । अर्को मनले भन्यो– ‘कतै चिनेकी होलिन् नि ।’ यही ठानेर नमस्कार फर्काएँ र विमानभित्र प्रवेश गरें । पछि परिचारिकाहरुले यसैगरी सबै यात्रुहरुलाई मुस्कानसाथ नमस्कार गर्ने गरेको रहस्य थाहा पाएपछि लाजले थुतुनो पार्नुको विकल्प रहेन मसँग । विमानभित्र पसेपछि सीट हेरें । ‘साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ’ भन्ने उखान त्यतिखेर ममा पनि लागू भयो । बसमा झ्याँकिदै, फ्याँकिदै र पछारिँदै हिँडेको यो ज्यान । पछाडिको सीटमा बस्दा बसले झैं झ्याँक्ने डर लागेर आयो । त्यही आशयले अगाडिको सीट रोजेर आनन्दले बस्ने सुर कसें । त्यहीअनुसार पार्वतीजीलाई पनि अगाडि नै बसाएँ । नेपाली समयअनुसार केही घण्टा ढिलो गरेर नेपालगञ्जबाट ‘बुद्ध एयर’को जहाज उड्यो । पछाडि फर्केर हेरें– मानिसहरु आनन्दले बसिरहेका थिए । हवाईजहाजलाई बस ठानेर झ्याँकिने डरले अगाडि बसेको रहस्योद्घाटन भएपछि पार्वतीजी हाँस्नु भो– मरी मरी । फेरि पनि लज्जाबोधले थुतुनो रातो पार्नुको विकल्प थिएन मसँग । हवाईजहाज बादलको घुम्टोमाथि पुगेर आफ्नो गन्तव्यतर्फ हुइँकिइरह्यो, हुइँकिइरह्यो ।
जहाज उड्दै गर्दा रुई र चकलेट ट्रेमा लिएर आइन्– अघिकी सुन्दरी । अरु यात्रुहरुको सिको गर्दै कानमा रुई कोचारें, मुखमा चकलेट घुसारें । केहीबेरपछि हातमा पत्रपत्रिका लिएर उनै सुन्दर मेरो अगाडि उभिइन् । रुचीअनुसार पत्रिका समाए यात्रुहरुले । कसैले पत्रिका पढ्न चाहेनन् । मैले सहजरुपमा ‘कान्तिपुर’ दैनिक समाएँ र पहिलो पृष्ठका समाचार शीर्षकहरुमा आँखा डुलाएँ । अघिल्लो दिन आन्दोलनरत दलका नेताहरुमाथि लाठीचार्ज भएकाले आन्दोलनकारीहरुले त्यस दिन विरोधस्वरुप ‘उपत्यका बन्द’को कार्यक्रम राखेको समाचार पनि थियो त्यसमा । परेन फसाद रु पुनः हवाईजहाजलाई बस सम्झिएछु मैले । यातायातको साधन नचल्ने ठानेर एकछिन उत्रने सोंच पलायो मनमा । जहाज उडिसकेपछि उत्रने कुनै सम्भावना नै थिएन । फेरि पनि हुस्सु बनेकोमा म मनमनै हाँसिरहें, जहाज आफ्नो गतिमा हुइँकिइरह्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सडक सुनसान थियो । यात्रुहरु अलपत्र थिए । सबैका अनुहारमा चिन्ताको भाव पढ्न सकिन्थ्यो । नेपालगञ्जबाट काठमाडौं पुग्नुभन्दा विमानस्थलबाट कीर्तिपुर पुग्न कठिन भयो हाम्रा लागि । जहाजमा उडेर काठमाडौं पुगी रिक्सामा गुडेर कीर्तिपुर आउन थालेको जानकारी साथी नवीन विभासलाई गराएर पार्वतीजी र मेरो रिक्सायात्रा प्रारम्भ भयो कीर्तिपुरका लागि । सडकैभरि आन्दोलनको राप थियो । आन्दोलनकारीहरुसँग छलिँदै करीव डेढ घण्टामा कीर्तिपुर प्रवेश ग¥यौं ।
साँझ नवीनजीले हातमुखको जोहो गरिरहँदा खाटमाथि पल्टिएर सोचें– कति होलान् नेपालमा जहाजलाई सपना ठान्ने रु कति होलान् सिँगान पुछ्दै र जाङे हल्लाउँदै हाम्रा बा र दाजुलाई पठाई दे भनेर हवाईजहाजको पछिपछि दगुर्ने रु कति होलान् बसले झैं झ्याँक्ने डरले हवाईजहाजको अघिल्लो सीट रोज्ने रु
आज यो संस्मरण लेखिरँदा गमिरहेछु– आजको शहरिया युवापुस्ता धेरै अगाडि पुगिसक्यो । कोठाको कम्प्यूटर अगाडि बसेर यो पुस्ता संसार विचरण गरिरहेको छ । संसार बुझेको यो पुस्ता र हाम्रो त्यो पुस्तावीच पुस्तान्तरको ठूलो खाडल कहिले पुरिएला रु जबकि हामी विभिन्न बहानामा टेलिफोन काटिरहेछौं, इन्टरनेट प्रतिबन्धित गरिरहेछौं अर्थात् विज्ञानलाई निषेध गरिरहेछौं !!!
