अनिल खत्री

वैशाख, गुल्मी । गुल्मीको वडागाँउमा भीषण आगोलागी भएको छ । वडागाउँ गाविसको वडा नं। १ र २ दजाकोट र माज गाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार बिहानबाट लागेको आगोलागीबाट करिव ६५ भन्दा वढी घर जलेर नष्ट स्थानियले बताएका छन् ।

aagolagiआगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडागाउँ वडा नं। १ निवासी ६५ वर्षका मेहरसिंह राकसकोटी रहेका छन् । आगो निभाउने क्रममा उनको जलेर मृत्यु भएको हो ।

स्थानीय सामुदायिक वनबाट फैलिएको आगो वस्तीमा पुगेको स्थानीय बिमल छन्तेलले बताए । आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

यस्तै जिल्लाकै पूर्वि भेग थानपति वडा नं। ६ र ७ मा लागेको आगोले जलेर १५ वटा भन्दा वढी घर र १ दर्जन भन्दा वढी गोठ जलेर नष्ट भएको स्थानीय दामोदर पोखरेलले बताए ।

उनका अनुसार नजिकै रहेको वनबाट फैलिएको आगो हावाहुरीका कारण वस्ती सम्म आइपुगेको छ । आगलागीका कारण तम्घास वुटवल सडकखण्ड समेत केहीबेर अवरुद्ध भएको थियो ।

प्रहरी प्रशासन र स्थानीय जनताले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेता पनि पानीको अभाव र हावाहुरीका कारण आगो नियन्त्रण भन्दा वाहीर गएको छ ।