accident-graphic-Mediumदाङ २४ भदौ । कपिलबस्तुमा भएको मोटरसाईकल दुर्घटनामा परी दाङका एक ब्यक्तिको मृत्यु भएको छ ।

पश्चिमतर्फ बाट पूर्व आउदै गरेको रा ३ प ९५४५ नम्वरको मोटरसाइकल र सोही दिशाबाट आउदै गरेको पैदल यात्रुलाई बिपरीत दिशाबाट जादै गरको लु १ ख ७२८३ नम्वरको वसले ठक्कर दिँदा मोटरसाइकल चालक दाङ ललमटिया बस्ने २६ बर्षीय प्रेम नेपालीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।

कपिलबस्तुको शिवराज नगरपालिका १ रेञ्जर पोष्ट नजिकै गएराति ९ बजेतिर बसले मोटर साइकल लाई ठक्कर दिदा घाईते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजादै गदौ बाटोमै मृत्यु भएको हो । दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् ।

घाइते हुनेमा शिवपुर निवासी ४० बर्षीया नख्खु थारु रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिनु भएको छ । मृतक नेपालीको पोष्टमार्ट को लागि शिवराज अस्पातलमा लगिएको प्रहरीले जनाएको छ ।