घोराही, ७ भदौं । युवा समाजसेवी तथा व्यावसायी घोराही– ११ भृकुटीनगर टोल निवासी द्रोणराज पाण्डेयले आफ्ना स्वर्गिय बुवा तोयाराम पाण्डेको स्मृतिमा अम्विेकश्वरी मन्दिर परिसरमा भक्तजन बस्ने प्रतिक्षालय निर्माण गरेकाछन ।

पाण्डे सहित उहाँको आमा ईश्वरी देवि पाण्डे र श्रीमती पुष्पा पाण्डेले उक्त प्रतिक्षालय निर्माण गरेकाहुन । मन्दिरमा आउने तिर्थालुहरुलाई विश्राम लिनका लागि सजिलोहोस् भनेर प्रतिक्षालय निर्माण गरिएको पाण्डेले बताउनुभयो ।
‘वुवाको स्मृतिमा श्राद्ध गरेर मात्र पुग्दैन, सामाजिक काम पनि गर्नुपर्छ भन्ने परिवारको सल्लाह अनुसार प्रतिक्षालय बनाएका हौं’–पाण्डेले भन्नुभयो–‘सबै सन्तानहरुले आफ्नो आमा वुवाको सम्झनाका लागि सामाजिका काममा लगानी गर्न जरुरी छ ।’











