शरद रेग्मी
तुलसीपुर । तुलसीपुरमा सञ्चालन हुन लागेको क्लिन तुलसीपुर ÷ग्रिन तुलसीपुर अभियानको तयारि पुरा भएको छ । बजार क्षेत्रलाई हरियालि र सरसफाईयुक्त बनाउन थालिएको अभियानलाई सफल बनाउनका लागि ९० प्रतिसत भन्दा बढि काम सम्पन्न भईसकेको अभियानका संयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
अभियान अन्र्तगत ब्यानर , होडिङबोर्ड , पर्चा, व्रोसर बनाउने लगाएतका काम सकिएको रिजालले जानकारी दिए । यस्तै अभियान अन्र्तगत आज दिउसो तुलसीपुरमा अन्र्तक्रिया कार्यक्रम हुने भएको छ । बाग्मति सरसफाई अभियानका अभियन्ता एवं पूर्व मुख्य सचिव लिलामणि पौडेलको उपस्थितिमा आज ३ बजे अन्तरक्रिया कार्यक्रम हुने संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
उनका अनुसार क्लिन तुलसीपुर अभियानलाई सफल पार्नका लागी बजारवासी सहित बिभिन्न ब्यक्तिहरुको सहभागितामा अन्र्तक्रिया गर्न लागीएको हो । अन्र्तक्रिया कार्यक्रममा बाग्मती सरसफाई अभियान शुरु गर्दाका अनुभव एव अभियान सफल पार्न गरिएका प्रयासहरुका बारेमा पौडेलले आफनो भनाई राख्ने कार्यक्रम रहेको संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । साथै सोहि अवसरमा राष्ट्रिय स्तरका प्रशिक्षक डाक्टर राजु अधिकारिले सकारात्म सोचको बिकासका बारेमा अन्र्तक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
उनीहरु दुवैजना आज २ बजे तुलसीपुर आईपुग्ने र ३ बजे देखि अन्र्तक्रिया कार्यक्रम शुरु हुने रिजालले जानकारि दिए । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको आयोजना तथा झण्डै ५० वढी संघ संस्थाहरुको सहकार्यमा शुरु हुन लागेको अभियानको उदघाटन भने मंगवलबार ७ गते विहान ७ बजे अरनिको मैदानमा हुने कार्यक्रम तय गरिएको छ ।











