दाङ, ५ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भदौँ ८ गते हुने भनिएको स्तन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन मिति सरेको छ । शनिवार देखि विभिन्न मागहरु राख्दै विश्वविद्यालयको निर्वाचन कार्यालयमा तालाबन्दी गरेको विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन संग भएको आजको वार्तामा चुनाव मिति सार्ने सहमति भएको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका क्षेत्रिय व्यु्रो सदस्य चक्र विसीले जानकारी दिए ।
उनका अनुसार हाम्रा केही मागहरु सम्बोदन भए अव हामी चुनावमा जाने र जित्ने कुरा निश्चित भएको दावी समेत गरे । शनिवार ५ बजे सम्मको लागि उम्मेद्वारी दर्ता समय भए पनि निर्वाचन कार्यालयले समय थप गरी आज ९ बजे सम्म दर्ता मिति थपेको थियो । विश्वविद्यालयमा सक्रिय सबै संगठनले उम्मेद्वारी दर्ता गराए पनि अखिल क्रान्तिकारी ले भने दर्ता गरेको थिएन ।
यता अरु विद्यार्थी संगठनहरुले भने चुनाव मिति सारिएकोमा असन्तुष्ट देखाउदै नारा वाजी गरेका छन् ।।











