दाङ, २६ साउन
नेपाल मगर पत्रकार संघ प्युठानको पहिलो जिल्ला सम्मेलन आगामी असोज महिना हुने भएको छ । त्यसका लागी प्युठानमा क्रियाशिल मगर पत्रकारहरुको तथ्याँक संकलन गरेर असोज महिना भित्रै सम्मेलन सम्पन्न गर्ने तयारी भएको छ ।
नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्युठानका उपाध्यक्ष सुजल श्रेष्ठको अध्यक्षता तथा नेपाल मगर पत्रकार संघका केन्द्रिय सदस्य पे्रम वहादुर राम्जा मगरको प्रमुख अतिथ्यता र संघ दाङका सचिव शान्त कुमार वुढा मगरको उपस्थतिमा बैठक वसेर सम्मेलन गर्ने निर्णय गरिएको हो ।
यसअघि पत्रकार मित्र थापाको संयोजकत्वमा तदर्स समिति गठन भएको थियो । सम्मेल गर्नु पुर्व जिल्लामा क्रियाशिल रही कलम चलाउँदै आएका मगर पत्रकारको तथ्याँक लिने, उनीहरुलाइ एक वनाउने र त्यसपछि सम्मेलन गर्नका लागी थापालाइ संयोजकको जिम्मेवारी दिइएको छ ।
समितिका सदस्यहरुमा सीता पुन मगर, एक पुन मगर, रीमा मगर रहनुभएको छ । साथै जिल्ला सम्मेलनमा मगर पत्रकार संघको केन्द्रिय पदाधिकारी सहभागिता रहने वताइएको छ ।
बैठकमा संगिता विएम, तुलसा जिएम, पोम वहादुर थापा मगर, कालिका रोका मगर र महाविर राना मगरको सहभागिता रहेको थियो ।।











