दाङ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएको अधिवेशन समितिका संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको अधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र सुरु भएको थियो । प्रदेश सभापतिका लागि पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसालले उम्मेदवारी दिएका थिए ।











