काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार भएको सुनुवाइपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
न्यायाधीश पौडेलको एकल इजलासमा रहेको पेसीमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले कार्कीलाई आईजीपीबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै अन्तरिम आदेशमार्फत काममा फर्काउन माग गरेका थिए । कार्कीका तर्फबाट भएको एकतर्फी बहसमा वरिष्ठ अधिवक्ताहरूले आईजीपीको पद निश्चित अवधि तोकेर नियुक्ती गरिने भएकाले सरकारले मन लाग्दैमा अन्यत्र सरुवा गर्ने वा हटाउन नमिल्ने दाबी गरेका थिए ।
सरकारले प्रहरी महानिरीक्षक कार्कीको १८ महिना अवधि बाँकी रहँदै प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवरी दिदै कार्कीलाई आईजीपीबाट हटाएको थियो ।











