काठमाडौं । गृह मन्त्रालयले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री गुरूङले डिआइजी गोबिन्द थपलियालाई संयोजकमा ५ सदस्यीय समिति गठन गरेको जानकारी गराए। समितिमार्फत घटनाको निष्पक्ष रूपमा छानबिन गर्ने पनि गृहमन्त्रीले बताए ।
मुगुका २५ वर्षीय गणेश नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।











