दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।
जेठ ७ गते जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानमा अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी ओसारपसार कार्यमा संलग्न १ वटा जेसिबि, २ वटा ट्रिपर र ५ वटा ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारवाही गरेको हो ।
ती प्रहरी नियन्त्रीत सवारी साधनले दुई लाख ९५ हजार जरिवाना सम्बन्धित निकायमा बुझाएपछि छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।











