काठमाडौँ । आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ ।