धनगढी । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरिरहेका बेला सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरूले त्यसको विरोध गरेका छन्। उनीहरुले विधान विपरीत भन्दै विशेष महाधिवेशनमा संलग्न नहुन कार्यकर्तालाई अपिल गरेका छन् ।
बिहीबार पुस २३ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा बझाङ, डोटी, डडेलधुरा, अछाम, कञ्चनपुर र कैलालीका जिल्ला सभापतिहरूले हस्ताक्षर गरेका छन्।
कांग्रेस संस्थापन र इतर पक्षमा महाधिवेशन कि विशेष अधिवेशन भन्नेमा विवाद हुँदा कांग्रेसभित्रको आन्तरिक राजनीति निकै पेचिलो मोडमा पुगेको छ। महामन्त्रीद्धय थापा र शर्माले काठमाडौँको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी तीव्र पारेका छन् । तर कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकले नै १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मतले निर्णय गरिसकेको छ।











