इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिका– १७ चौघेरास्थित गोरक्ष पात्रदेव श्री सिद्धरत्ननाथ मन्दिरमा भोलिदेखि श्रीगणेशपुरान भक्ति ज्ञान उत्सव-२०८२ सञ्चालन हुँदैछ । परोपकार अमृत नेपाल (पी.ए.नेपाल) को आयोजनामा असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म श्रीगणेशपुरान भक्ति ज्ञान उत्सव सञ्चालन हुन लागेको हो ।

परोपकार अमृत नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी परोपकार अक्षयकोष स्थापनार्थ श्रीगणेशपुरान भक्ति ज्ञान उत्सव-२०८२ को आयोजना गरिएको जानकारी दिएको छ । भोलि असोज २४ गते पहिलो दिन शोभाकलशयात्रा एवं कथा प्रारम्भ हुने संस्थाको अध्यक्ष एवं कथा वाचक अमृतशरण आचार्यले जानकारी दिए । श्रीगणेशपुरान भक्ति ज्ञान उत्सवमा हरेक दिन विहानको समयमा पूजा आरधाना, दिउँसो पाठपारायण र कथा प्रवचन र बेलुका योगी नरहरिनाथ र गोरक्ष पात्रदेवसँग जोडिएर प्रवचन हुनेछ ।

श्रीगणेशपुरान भक्ति ज्ञान उत्सवलाई सफल पार्नका लागि सहयोग गरिदिन सबैमा आयोजक संस्था परोपकार अमृत नेपालले अनुरोध गरेको छ ।