दाङ। बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका ५ मा पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर मृत्यु भएको हो ।
नदीमा बुवेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीले बताए ।
सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । शवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमका लागि ल्याइने लागेको प्रहरीले जनाएको छ ।











