काठमाडौँ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् ।