दाङ । घोराहीमा जारी छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१ को तेस्रो दिन चर्चित गायक प्रकाश दुतराजको प्रस्तुतिसँगै दर्शकहरू झुमेका छन् । महोत्सवमा आइबार प्रकाशसहित विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राखेका थिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा “उद्योग, व्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्चरमुखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराकासाथ आयोजना गरिएको महोत्सवमा गायक दुतराजले आफ्ना चर्चीत गीतहरू प्रस्तुत गरेका थिए । उनले कुन फुललाई दिउ शिरमै रानी, लाहुर जाने रेलैमाजाउ भो साईली सरर, घर कता हो बैनीको लौ न साह्रै मन पर्यो, बैनी झयालैमा, मैले निमीलाई नभन्या मात्रै हो मन पर्या पहिलै हो, जुनमाया बोलको गीतहरू प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघको टीम, राजनितिक दलका नेताहरू लगायत अतिथिहरू छमछमी नाचेका थिए ।
आज कलाकारहरू रीता थापा, चन्द्र शर्मा, अस्मीता पुरी, घनश्याम केसी, अपेक्षा गिरी, सन्दीप सेञ्चुरी, रचना चौधरी, उमा खनाल लगायतको सांगितिक प्रस्तुति राखेका थिए । महोत्सवमा प्रदेश स्तरिय लोकदोहोरी गश्रत प्रतियोगिता सुरू भएको छ । महोत्सवमा तेस्रो दिन आइतबारदेखि लोकदोहोरी गीत प्रतियोगिता सुरू भएको हो । आइतबार भएको प्रतियोगितामा दाङ B टीम बिजयी भएको छ । प्यूठान र दाङ B बीचको प्रतिस्पर्धामा दाङ B बिजयी भएको छ ।
सोमवार खुमन अधिकारी र भुमिका गिरीको प्रस्तुति
महोत्सवमा सोमवार राष्ट्रीय चर्चीत कलाकारहरू प्रस्तुति रहने छ । जसमा खुमन अधिकारी, भूमिका गिरी, सिर्जना खत्री हाउडेमायाु, यागेश्वर बस्नेत, लेखिना राई, लक्ष्मीमान चौधरी, उमादेवी खनाल लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिए ।











