दाङ । दाङको बंगलाचुलीमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीको व्यवस्थापनमा रनिङ शिल्ड शुरु भएको हो ।
प्रतियोगिता बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले बंगलाचुलीको समग्र सम्भावनाबारे प्रकाश पार्दै भौतिक, सामाजिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका थिए । उनले खेलकुदको राष्ट्रिय महत्व औंल्याउँदै शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्द्धन पनि अनिवार्य रहेको बताए ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए । सो अवसरमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, बंगलाचुली गाउँपालिकाका ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेशविश्वकर्मा, लगायतले शुभकाना व्यक्त गरेका थिए ।
रनिङ शिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालयहरु महेन्द्र माध्यामिक विद्यालय स्युजा, सुधा माध्यमिक विद्यालय झेलनेटा, माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, सरस्वती माध्यामिक विद्यालय जवरकोट, खड्ग माध्यामिक विद्यालय हाँसिपुर र प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको सहभागिता छ । रनिङ शिल्डमा छात्र छात्रा तर्फ १४ विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ।











