काठमाडौँ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस रिसवत लेनदेन गरी भ्रष्टाचार गरेको कसुरमा बिहीबार अख्तियारले पौडेल र भारतीय नागरिक दिपक आनन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले आव २०७४/०७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौडेलसमेतले भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । यसमा अख्तयारले अनुसन्धान गरेको थियो ।

पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दिपक आनन्दको आपसी मिलोमतोमा केन्द्रलाई आवश्यक सामग्री खरिद घुस लेनदेन भएको पाइएको छ ।