इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समिति दाङको अध्यक्षमा खिमबहादुर चौधरी निर्वाचित भएका छन् । हालै सम्पन्न नगर अधिवेशनबाट चौधरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी, सचिव बसन्त चौधरी, सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका निर्वाचित भएका छन् ।
दुई दिनसम्म चलेको बन्दसत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिती सर्वसम्मत भएको छ । दश प्रतिशत मनोनित गर्ने विधानको प्राबधानअनुसार समितिको बैठकले ७ सदस्य मनोनित गरेर ७५ सदस्यीय कार्य समितिलाई पूर्णता दिने छ।











