रुकुम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ थर्पुस्थित डिग्रे साईँकुमारी मन्दिर परिसरमा हरेक वर्ष यो मेला लाग्ने गर्दछ । हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म विशेष पूजाआजा हुन्छ र भव्य मेला लाग्छ ।
मेलाको अन्तिम दिन लाग्ने भव्य मेलाको बिचमा प्रस्तुत गरिने सगाल नाच यो मेलाको विशेष आकर्षण हो । यो मेला अवलोकन गर्न साईकुमारी मन्दिरको दर्शन गर्दा नेपालका विभिन्न जिल्लाबाट मानिसहरु आउने गर्दछन् । यो यस क्षेत्रको सबैभन्दा ठूलो मेला पनि हो ।

तस्विर : राजु लामिछाने ।











