काठमाडौं । अमेरिकाको डालासमा भएको टी २० शृंखलाको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। सोमबार भएको खेलमा अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

नेपालका लागि सोमपाल कामीले शानदार बलिङ गर्दै ३ विकेट लिए। ललित राजवंशी र रिजन ढकालले १र१ विकेट लिन सफल भए। अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए। उनलाई सोमपालको बलमा अनिल शाहले क्याच गरेर पेभेलियन फर्काएका हुन्। त्यसैगरी मिलिन्द कुमार ४३ रन‍‍, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।