दाङ । आज दिउँसो लुम्बिनीसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको । छ मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मनसुनी वायुको प्रभावका कारण देशभर आँशिकदेखि सामान्य बदली रही धेरै ठाउँमा सामान्य वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति पनि कोशी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ ।छ ।











