नवलपुर । नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको बीभत्स हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शेरबहादुरले चनिसराको बीभत्स तरिकाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृतक महिला केही दिनपछि सुत्केरी हुने समय अस्पतालले दिएको थियो ।

चार छोरी र श्रीमान् श्रीमती एकै स्थानमा सुतिरहेको अवस्थामा श्रीमतीको हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको कोदालो र खुर्पासहित श्रीमान् शेरबहादुरलाई पक्राउ गरेको छ ।