काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौँ आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका थिए । आजै नेपाल भारतबीच दश हजार मेघावाट विद्युत निर्यातमा सम्झौता हुँदैछ ।











