इन्द्रीणी संवाददाता
घोराही, १९ पुस । घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
तनहुँ घरभइ हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बोरा चामल र फलफूल सहयोग गरेको हो । श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएको र उहाँको उपचारका लागि आफूले बजारमा गीत गाउदै आर्थिक जोह गरिरहेको सपनाले जानकारी दिनुभयो ।
घोराही बनाओैं अभियानका संयोजक सविन प्रियासन र महासचिव पाण्डव शर्माले चामल र फलफूल हस्तान्तरण गर्नुभएको हो ।
अभियानसँग कुनै आर्थिक स्रोत नभएकाले व्यक्तिगत तवरबाट सहयोग गरिएको संयोजक सविन प्रियासनले जानकारी दिनुभयो ।
अभियानका महासचिव पाण्डव शर्माले अभियानको उद्देश्य सबैमा सामाजिक भावनाको उत्प्रेरणा जगाउने भएको बताउनुभयो ।











