काठमाडौँ । बालुवाटार स्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । ललिता निवास सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको हो । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख हुन् ।
यसअघि गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जनलाई पक्राउ परेका थिए ।
ऋन्
त्यस्तै, तत्कालीन नापी कार्यालयमा कार्यरत ९नापी सर्वेक्षक० घमान कुमार कार्की, ‘नक्कली मोही’ बाबुराजा महर्जन र पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।











