काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्।
आज बालकोटमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार प्रधानमन्त्री दाहालले अहिले आएर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका हुन् ।
पुस १० गते अर्थात सरकार बनाउदा एमालेसँग राष्ट्रपतिका लागि सहमति भइसकेको हुँदा प्रधानमन्त्री दाहालले अरू कसैलाई समर्थन नगर्ने ओलीको भनाइ छ। ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सपोर्ट गर्दैगर्नु हुन्न। गर्नै मिदैन। किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो,’ अध्यक्ष ओलीले भने।
गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा छलफलमा राष्ट्रपति र सभामुख एमालेले लिने विषयमा सहमति भएको भन्दै अध्यक्ष ओलीले यसबाट माओवादी पछि हट्न नमिल्ने बताए ।











