दमक, । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन् ।
आइतबार गृहनगर झापाको दमकमा आएका ओलीले अनेक प्रकारका षडयन्त्र गरेर सरकार ढाल्ने प्रयास भइरहेको भन्दै यस्ता षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह थरे ।
ओलीले अहिले देशमा आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने तत्त्वहरू सक्रिय रहेको बताए । देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुनपर्ने भन्दै अध्यक्ष ओलीले सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने दावी गरे ।











