काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक गरिएको हो ।
बालकोटमा बुधबार एमाले अध्यक्ष ओलीसँग भेटेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बस्ने र राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताएका छन् । बैठकमा राष्ट्रपतिको विषयमा पनि छलफल हुन्छ, बताइएको छ । विशेष गरी सत्तामा रहेको रास्वता सरकारबाट वाहिरिएपछि भएको राजनीतिक घटना क्रमलाई लिएर छलफल हुने विश्वास गरिएको छ ।











