दाङ, २२ पुस । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ गर्नेहरुमा दाङ सुनपुर बस्ने १९ वर्षका विक्रम भण्डारी, गढवा ६ बस्ने २८ वर्षका मनोज कुमार यादव र सोही ठाउँका २१ वर्षका विशाल परियार रहेका छन् । उनीहरुलाई जिल्लाका छुट्टाछुटै स्थानबाट प्रहरीले ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
भण्डारीलाई घोराही १८ नवलपुरबाट ८५० मिलीग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै यादव र परियारलाई लमही ४ अर्नवाबाट क्रमश ५ दशमलव ३२ र ४ दशमलव ८१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।











