पोखरा । कमल थापाले पोखरामा आयोजित भेट्रान्स टेनिस उपाधि जितेका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा बिदुर विष्टलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।