काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले आफूले चुनावमा साढे २४ लाख रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका मिश्रले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगसमक्ष पेस गरेको जानकारी दिएका हुन् ।
चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ सङ्कलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।











