इन्द्रेणी संवाददाता

एमालेका उपाध्यक्ष बिष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाट बुटवल फिर्ता गर्ने बताएका छन् ।

शुक्रबार हिमालयन टेलिभिनद्वारा बुटवलमा आयोजित चुनावी महासंग्राम कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले न्यायको लडाइमा आफु सफलता प्राप्त नगरेको बताउदै प्रदेश सभाको निर्णय उल्ट्याउने बताए । कार्यक्रममा पौडेलले आगामी निर्वाचनमा एमालेले जितेमा प्रदेशको स्थायी राजधानी बुटवल सर्ने दावी गरेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पौडेल एमाले भित्रका शक्तिशाली नेताका रुपमा चिनिन्छन ।