काठमाडौँ । काठमाडौँका अभियन्ता सुमन सायमी समूहका स्वतन्त्र उम्मेदवारले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र २ मा प्रतिनिधि सभातर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उनले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरूलाई आव्हान गरे । ‘

लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो,ड उनले भने, ‘उहाँको विकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।’

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिँदै उनले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरूले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्यधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताए ।

कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरूसँगको सहयात्रा सुरु भएको बताए । ‘टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनु पर्छ,

भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ,’ उनले भने, ‘राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यवस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरीतको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।’