नेपाली बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको फिल्म ‘२ नम्बरी’को एक साताको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ ।
फिल्म ‘२ नम्बरी’ २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल भएको छ । निर्माण युनिटले फिल्मको एक साताको बक्स अफिस कलेक्सन ४ करोड ४५ लाख ग्रस कलेक्सन रहेको जनाएको छ ।
फिल्म चोरी सिकारीको विषयवस्तुमा निर्माण भएको हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।











