इन्द्रेणी संवाददाता 

दाङ, २७ असोज । दाङमा नाबालिकालाई यौन दुर्ववहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा घरेलु कामदारको रुपमा रहेकी बालिकालाई यौन दुर्ववहार गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ निवासी ऋषि पोख्रेललाई आज विहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार केही दिन यता उनी विरुद्ध उजुरी परेपछि उनी फरार रहेका थिए । उजुरी परेको थाहा पाएपछि लुकीछिपी बस्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका पोख्रेल घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्षका छोरा हुन ।