घोराही, ८ साउन । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा लागुऔषध बिरुद्ध बिद्यालय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगआज घोराहीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा ज्ञानज्योती एजुकेशनल एकेडेमीको ब्यबस्थापनमा घोराही उपमहानगरपालिका १३ स्थित रहेको ज्ञानज्योती एजुकेशनल एकेडेमीमा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कार्यालय घोराही दाङका प्रहरी सहायक निरीक्षक दिपक शर्मा लागु औषधको परिचय, लागु औषधको असर, लागु औषध दुर्ब्यसनीको लक्षण, दुर्ब्यसनबाट बच्ने उपाय र कानुनी प्राबधान सम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बिद्यालयका सह प्रधानाध्यक लक्ष्मी प्रसाद बुढाले कार्यक्रम आयोजना गरिदिएकोमा जिल्ला प्रहरी कार्यालय दाङला धन्यबाद दिदै आगामी दिनहरुमा समेत यस्ता प्रकारका सचेतनामुलक कार्यक्रम नियमित रुपमा संचालन गर्न आग्रह गरेका थिए ।











